Skip to content
project banner
CLOSED: This survey has concluded.

सामुदायिक बाटोको सुरक्षासम्बन्धी चिन्ताको सर्वेक्षण

हाम्रो सामुदायिक बाटो सुरक्षा सुधारसम्बन्धी परियोजनाको सर्वेक्षणमा भाग लिनुभएकोमा धन्यवाद पछिल्ला केही वर्षहरूमा हामीलाई समुदायका सदस्यहरूले सुरक्षासम्बन्धी चिन्ताहरू वा त्यस्ता अनुभवहरू साझा गर्नुभएको छ जसमा विशेषगरी बिस्तारै र छिटो हिँड्ने बाटो प्रयोगकर्ताहरूबीच हुने विवादहरूका बारेमा उल्लेख गरिएको पाएका छौँ। सिटी अफ समरभिलको सामुदायिक बाटो सुरक्षा सुधारसम्बन्धी परियोजनाको उद्देश्य सुरक्षासम्बन्धी चिन्ताहरूको व्यापक बुझाइ प्राप्त गर्नु र सामुदायिक बाटोका विभिन्न स्थानहरू जसमा महत्वपूर्ण चौबाटो र ग्रीन लाइन स्टेशनका प्रवेशद्वारहरू समेत छन्तिनीहरूको सम्भावित सुधारहरू पहिचान गर्नु होहामी तपाईंको विचार सुन्न चाहछौँ! कृपया 5–7 मिनेट समय निकालेर यो सर्वेक्षण पूरा गर्नुहोस् जसले हामीलाई तपाईंको सुरक्षासम्बन्धी चिन्ता र यस क्षेत्रका प्राथमिकताहरूको बारेमा अझ राम्रोसँग जान्न मद्दत गर्नेछ 

परियोजनाबारे थप विवरणका लागि: 

तपाईंलाई फोनमार्फत सर्वेक्षण गर्न सहज लागेमाहामीलाई 311 (617-666-3311) मा कल गर्न सक्नुहुन्छ वा तपाईंको प्रतिक्रिया हाम्रो टोलीलाई transportation@somervillema.gov मा इमेल गर्न सक्नुहुन्छ। यदि तपाईं परियोजनाबारे नियमित इमेल अद्यावधिकहरू प्राप्त गर्न चाहनुहुन्छ भने कृपया मासिक मोबिलिटी समाचारपत्र को सदस्यता लिनुहोस्