Skip to content
project banner

नेपाली - प्रतिक्रिया सर्वेक्षण

Inner Belt-Brickbottom क्रसिङ

Somerville शहरले East Somerville MBTA स्टेसनलाई प्रयोग गरी Inner Belt र Brickbottom का टोलहरू बीच आवतजावत गर्ने थप मार्गहरू निर्माण गरिरहेको छ । हाल, Inner Belt र Brickbottom बीच आवतजावत गर्ने मार्गको रूपमा New Washington र Washington Street को लामो बाटो प्रयोग गर्ने गरिएको छ । East Somerville स्टेसनमा Inner Belt बाट प्लेटफर्ममा जान सकिने एउटा अस्थायी क्रसिङ छ, तर यो क्रसिङ यस परियोजना अन्तर्गत स्थायी क्रसिङ निर्माण भइरहेको बेला यसलाई अस्थायी क्रसिङको रूपमा प्रयोग गर्नमात्र स्थापना गरिएको थियो ।

शहर र यसको इन्जिनियरिङ परामर्शदाता Arup ले हाल तल उल्लेख गरिएअनुसार छ (6) विकल्पहरूको प्रारम्भिक डिजाइन अगाडि बढाइरहेका छन् । विभिन्न मापदण्डका आधारमा विश्लेषण गरी उच्चतम स्थानमा रहेका दुई (2) विकल्पलाई 2026 को सुरुमा 10% डिजाइनमा अगाडि बढाइने छ ।

  • भिरालो पैदल मार्ग भएको पुल
  • भिरालो पैदल मार्ग र ‍सिँढी सहितको पुल
  • भिरालो पैदल मार्ग र लिफ्टहरू भएको पुल
  • सिँढी र लिफ्ट भएको पुल
  • Poplar Street नजिकैको जमिनको तहमा क्रसिङ
  • East Somerville स्टेसनमा जमिनको तहमा क्रसिङ

निम्न योजना र रेन्डरहरूले यी छ विकल्पहरूका लागि अवधारणात्मक डिजाइन प्रस्तुत गर्दछन् ।


डिजाइन प्रक्रियामा तपाईंको दृष्टिकोण समावेश गर्न कृपया तलको सर्वेक्षण पूरा गर्नुहोस् । 

यदि तपाईंलाई यो जानकारी अनुवाद गर्न वा बुझ्न सहयोग चाहिएमा, कृपया हामीलाई 311 (617-666-3311) मा कल गर्नुहोस् वा languageaccess@somervillema.gov मा सम्पर्क गर्नुहोस् । Somerville सहरले तपाईंलाई नि:शुल्क दोभासे उपलब्ध गराउन सक्ने छ ।

सहायक उपकरणहरू वा मुनासिब समायोजनहरू गर्नुपर्ने अपाङ्गता भएका व्यक्तिहरूले कृपया Adrienne Pomeroy लाई 617-625-6600 x 2059 वा ADA@somervillema.gov मा अग्रिम सम्पर्क गर्नुपर्ने छ ।


0% answered

1.  

सामान्यतया, East Somerville MBTA स्टेसनबाट निस्केपछि तपाईं कहाँ जाने प्रयास गर्नुहुन्छ ?