Skip to content
View of Somerville Avenue at Conway Park

Somerville Avenue द्रुत निर्माण सुरक्षा सुधारको अवधारणा डिजाइन प्रतिक्रिया सर्वेक्षण

Somerville Avenue द्रुत निर्माण सुरक्षा सुधार परियोजनाका लागि अवधारणा डिजाइनमा आफ्नो प्रतिक्रिया दिन समय दिनुभएकोमा धन्यवाद यस सर्वेक्षणमा हामीले निम्न कुरा गर्ने लक्ष्य राखेका छौँ: 

  • अवधारणा डिजाइनमा तपाईंको प्रारम्भिक प्रतिक्रियाका बारेमा थप जान्ने 

  • हामीले गत ग्रिष्ममा समुदायका सदस्यहरूबाट सुनेका केही सुरक्षासम्बन्धी चिन्ता  प्राथमिकताहरू सम्बोधन गरेका छौँ कि छैनौँ भन्ने हेर्ने 

  • तपाईंसँग डिजाइनका बारेमा भएका टिप्पणी वा प्रश्नहरू सङ्कलन गर्ने 

  • तपाईं परियोजना क्षेत्रका सडकहरू कसरी प्रयोग गर्नुहुन्छ भन्नेबारे जान्ने 

  • हामी आफ्ना आउटरिचका प्रयासहरूमा को-कोसम्म पुग्दै छौँ भन्नेबारे अन्तर्दृष्टि सङ्कलन गर्ने 

यो सर्वेक्षणलाई लगभग देखि 15 मिनेटसम्म लाग्छ कृपया प्रस्तावनाका बारेमा थप जान्न तपाईंले पहिले नै हेर्नुभएको छैन भने अवधारणा डिजाइनको रोल योजना हेर्नुहोस् तपाईं अवधारणा डिजाइनका बारेमा थप विवरणमा जान्नका लागि निम्न सामग्रीहरू हेर्न पनि सक्नुहुन्छ: 

तपाईं यो सर्वेक्षणमा फोनमार्फत भाग लिन चाहनुहुन्छ भने कृपया आफ्नो अनुरोध लग गर्न हामीलाई 311 (617-666-3311) मा सम्पर्क गर्नुहोस्  मोबिलिटी डिभिजनको सदस्यले तपाईंलाई कलब्याक गर्ने छन्।। तपाईंसँग कुनै पनि प्रश्न भएमा वा लिखित टिप्पणीहरू प्रदान गर्न चाहनुहुन्छ भने transportation@somervillema.gov मा इमेल पठाउन पनि सक्नुहुन्छ 

यो सहयोगी भएको खण्डमा हामीले यो सर्वेक्षणमा प्रयोग गरिएका केही पदावलीहरूका लागि तल परिभाषाहरू समावेश गरेका छौँ: 

  • द्रुत-निर्माण परियोजनाहरूमा तपाईंले पूर्ण सडक पुनर्निर्माणमा देख्न सक्ने जस्तो ठूलो निर्माण समावेश हुँदैन हामीसँग फुटपाथ पुनर्निर्माण गर्नेसाइडवाक कर्ब लाइन सार्ने वा सडक पुनः ग्राभेल वा पिच गर्ने अवसर हुँदैन द्रुत-निर्माण परियोजनाहरूका लागि हामी नयाँ सडकको ढाँचा सिर्जना गर्न सडक पिचमा राखिने चिन्हसङ्केतट्राफिक सिग्नल परिवर्तन  लचिलो प्लास्टिकका पोस्टहरू जस्ता उपकरणहरू प्रयोग गर्छौँ तपाईं Powder House Circle  Grand Union Boulevard मा द्रुत-निर्माणमा परिवर्तनहरूका उदाहरणहरू हेर्न सक्नुहुन्छ 

  • सुरक्षित साइकल लेनहरू ठाडो अवरोधहरू भएको बफर क्षेत्र वा उठाइएको फुटपाथ स्तरद्वारा सवारी साधनको ट्राफिक वा पार्किङबाट अलग बनाइएको हुन्छ ठाडो अवरोधमा प्लास्टिक फ्लेक्स पोस्टप्लान्टर  प्रि-कास्ट कङ्क्रिट कर्बहरू समावेश हुन सक्छन् द्रुत-निर्माण परियोजनाहरूमा हामी प्रायः फ्लेक्स पोस्टहरू प्रयोग गर्छौँ