Skip to content
project banner

Tufts Street परिमार्जित डिजाइन पृष्ठपोषण सर्वेक्षण [Nepali]

Tufts Street का लागि परिमार्जित प्रस्तावित डिजाइनमा आफ्नो पृष्ठपोषण प्रदान गर्नका लागि समय दिनुभएकोमा धन्यवाद । सडक मर्मत र फुटपाथहरूको पुनर्निर्माण सँगसँगै, शहरले सडकमा यात्रा गर्ने सबै मानिसहरूका लागि सुरक्षा सुधार गर्न सडकलाई रिडिजाइन गर्ने लक्ष्य राखेको छ । Tufts Street लाई Somerville साइकल सञ्जाल योजनामा छिमेक (नेबरवे) को रूपमा तोकिएको छ, जुन सवारी साधनको संख्या र गति कम गर्न डिजाइन गरिएको पैदल र साइकलमैत्री सडक हो ।

2023 को शरद याममा समुदायका सदस्यहरूबाट पृष्ठपोषण सङ्कलन गरिसकेपछि, शहरले सडक पिन्च पोइन्ट, केही बहुउद्देश्यीय पार्किङ विकल्प, फराकिला फुटपाथ, उठेका क्रसवाक र चौबाट र हरियाली र रूखबिरुवाका लागि नयाँ क्षेत्रहरू समावेश गरी परिमार्जित डिजाइनको विकास गरेको छ । डिजाइनमा अब सडकलाई पूर्ण उपज अवस्थाको सडकमा परिणत गर्ने कुरा समावेश गरिएको छैन । 

डिजाइनको बारेमा थप विवरणका लागि:

यदि तपाईंलाई यी कागजातहरू अनुवाद गर्न वा बुझ्न मद्दत चाहिएमा, कृपया 311 (617-666-3311) मा कल गर्नुहोस् वा हामीलाई www.somervillema.gov/ContactSomerViva मा सम्पर्क गर्नुहोस् । Somerville शहरले तपाईंलाई नि:शुल्क अनुवादक उपलब्ध गराउन सक्ने छ ।

हामी तपाईँको राय लिन चाहन्छौँ ! डिजाइनमा आफ्नो पृष्ठपोषण प्रदान गर्न यो सर्वेक्षण पूरा गर्नुहोस् । यदि तपाईं फोन मार्फत सर्वेक्षण पूरा गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई 311 (617-666-3311) मा फोन गर्न सक्नुहुन्छ वा हाम्रो टोलीलाई transportation@somervillema.gov मा आफ्नो पृष्ठपोषण ईमेल गर्न पनि सक्नुहुन्छ । यदि तपाईं परियोजनाको बारेमा नियमित इमेल अपडेटहरू प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया Monthly Mobility Newsletter का लागि नाम दर्ता गर्नुहोस् ।