West Broadway प्रस्तावित डिजाइन पृष्ठपोषण सर्वेक्षण [Nepali]
Clarendon Avenue र Alewife Brook Parkway बिचको ब्रोडवेका लागि प्रस्तावित डिजाइनमा आफ्नो पृष्ठपोषण दिनका लागि समय दिनुभएकोमा धन्यवाद ।
सडक मर्मत र फुटपाथहरूको पुनर्निर्माणको साथसाथै, शहरले सडकमा यात्रा गर्ने सबै मानिसहरूका लागि सुरक्षामा सुधार गर्न र बसमा यात्रा गर्ने मानिसहरूका लागि आराम र विश्वसनीयता बढाउन सडकलाई पुन: डिजाइन गर्ने लक्ष्य राखेको छ ।
प्रस्तावित डिजाइनमा सडकको दुवैतिर सुरक्षित बाइक लेनहरू, समर्पित प्रतिक्षास्थल प्रदान गर्न ठूला बस बिसौनी, सडक पार गर्ने मानिसहरूका लागि सुरक्षित बनाउन क्रसवाकहरू र थप कुराहरू समावेश गरिएको छ । डिजाइनको बारेमा थप विवरणका लागि:
- प्रस्तावित परिवर्तनहरू र अवधारणात्मक सडक-दृश्य छविको सिंहावलोकन सहितको यो पाठ्यसामगरी अध्ययन गर्नुहोस्
- पूर्ण अवधारणात्मक योजनाको समीक्षा गर्नुहोस्
- परियोजना र प्रस्तावित डिजाइनको वर्णन गरेर रेकर्ड गरिएको प्रस्तुति हेर्नुहोस्
- प्रस्तुतीकरण स्लाइडहरू पढ्नुहोस्
अब हामी तपाईंको राय लिन चाहन्छौँ ! प्रस्तावित डिजाइनमा आफ्नो पृष्ठपोषण प्रदान गर्न यो सर्वेक्षण पूरा गर्नुहोस् । यदि तपाईं फोन मार्फत सर्वेक्षण पूरा गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई 311 (617-666 3311) मा फोन गर्न सक्नुहुन्छ वा हाम्रो टोलीलाई transportation@somervillema.gov मा आफ्नो पृष्ठपोषण ईमेल गर्न पनि सक्नुहुन्छ । यदि तपाईं परियोजनाको बारेमा नियमित इमेल अपडेटहरू प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मासिक गतशीलता न्युजलेटर का लागि नाम दर्ता गर्नुहोस् ।
हामीले प्राप्त गरेको पृष्ठपोषणले अन्तिम डिजाइनलाई आकार दिन मद्दत गर्ने छ ।