[Nepali] पश्चिमी ब्रडवे योजनाको अध्यावधिक गरिएको प्रतिक्रिया सर्वेक्षण
पश्चिमी ब्रडवे योजनाको अध्यावधिक गरिएको योजनामा आफ्नो प्रतिक्रिया दिनको लागि समय दिनुभएकोमा धन्यवाद। सडक मर्मत गर्ने र फुटपाथहरूको पुनर्निर्माणको साथसाथै, सिटिले सडक प्रयोग गर्ने सबै मानिसहरूको लागि सुरक्षा सुधार गर्न सडकलाई पुन:योजना गर्ने लक्ष्य राखेको छ।
प्रारम्भिक सडक अवधारणामा वसन्त 2024 मा सामुदायिक सदस्यहरूबाट प्रतिक्रिया भेला र समीक्षा (reviewing feedback from community members in spring 2024 on the initial street design concept) गरेपछि सिटिले एक अद्यावधिक योजनाको प्रस्ताव विकास गरेको छ। हामीले शान्त ट्राफिक, सडक पार गर्ने स्थान तथा बस विसौनी सुधारहरू, दुवै दिशामा सुरक्षित साईकल लेनहरू, र ब्रडवेको एक छेउमा सडकमै-पार्किङ कायम राख्ने लगायत परियोजनाका मुख्य लक्ष्यहरू र तत्वहरू कायम राख्दै सामुदायिक प्रतिक्रिया प्रतिबिम्बित गर्न योजना अध्यावधिक गर्ने लक्ष्य राखेका छौं। थप यो योजनाले सडकमा नयाँ रूखहरू र वृक्षारोपण क्षेत्रहरूको स्थानहरू प्रस्तावित गरेकोछ।
योजना बारे थप विवरणहरूको लागि:
- प्रस्तावित परिवर्तनहरूको एक सिंहावलोकन भएको यो पुश्तिका हेर्नुहोस्।
- परियोजना तथा योजना वर्णन गर्दै रेकर्ड गरिएको प्रस्तुति हेर्नुहोस्। (अङ्ग्रेजीमा उपलब्ध छ)
- प्रस्तुतिका परिक्षेदहरू पढ्नुहोस्। (अंग्रेजीमा उपलब्ध छन्)
अब हामी तपाईंको राय लिन चाहन्छौँ ! प्रस्तावित डिजाइनमा आफ्नो पृष्ठपोषण प्रदान गर्न यो सर्वेक्षण पूरा गर्नुहोस् । यदि तपाईं फोन मार्फत सर्वेक्षण पूरा गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई 311 (617-666 3311) मा फोन गर्न सक्नुहुन्छ वा हाम्रो टोलीलाई transportation@somervillema.gov मा आफ्नो पृष्ठपोषण ईमेल गर्न पनि सक्नुहुन्छ । यदि तपाईं परियोजनाको बारेमा नियमित इमेल अपडेटहरू प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मासिक गतशीलता न्युजलेटर का लागि नाम दर्ता गर्नुहोस् ।