पश्चिमी वाशिंगटन स्ट्रिटमा आवज-जावत सुधार योजना प्रतिक्रिया सर्भेक्षण
वाशिंगटन स्ट्रिटको लागि प्रस्तावित योजनाहरूमा आफ्नो प्रतिक्रिया दिनको लागि समय दिनुभएकोमा यहाँलाई धन्यवाद। पश्चिमी वाशिंगटन स्ट्रिटमा आवात-जावत सुधार परियोजना, लाइन स्ट्रिटदेखि वेबस्टर एभिन्यु सम्म, सबै फुटपाथहरू पुनर्निर्माण, सडक मर्मत गर्ने, तथा हिड्ने, ह्वीलिङ, साइकल चलाउने एवं सवारी साधन चलाउने मानिसहरूको सुरक्षा र सुविधालाई सुधार गर्न यातायातको वहावलाई स्तरोन्नती गर्ने विषयहरु यसमा समावेश छन्। यसको सन् २०२३ मा निर्माण कार्य सुरु हुने अपेक्षा गरिएको छ।
वाशिंगटन स्ट्रीटको लागि प्रस्तावित योजनाहरूको सिंहावलोकन
महानगरले सडकको दुबै छेउमा सुरक्षित साईकल लेनहरूको योजना कार्यान्वयन गर्ने, बस विसौनीको विस्तार गर्ने, बाटो काट्ने नयाँ स्थहरू स्थापना गर्ने, सडक मर्मत गर्ने, र फुटपाथको पुनर्निर्माणको अतिरिक्त थप नयाँ बाटो काट्ने स्थलहरु निर्माण गर्ने प्रस्ताव गरेको छ। परियोजनाको वेबसाइटमा विस्तृत योजनाहरू समीक्षा गर्नुहोस्।
पार्किङ भएको सडकको छेउमा साईकल लेन र निरन्तर चल्ने बस स्थलहरू बनाइनेछ, र अर्को छेउमा नियमित सडक आवागमनबाट साईकल लेन छुट्याउन ठोस स्थलहरू हुनेछन्।
केही बस बिसौनीहरू एकीकृत वा स्थानान्तरण गरिनेछन्, र बस पर्खिरहेका मानिसहरूलाई थप स्थल उपलब्ध गराउन तथा यातायात चढ्न ढिलाइ कम गर्न ठूला बस विसौनीहरू निर्माण गरिनेछन्। बस र साईकल लेन हकिन्स स्ट्रिटबाट शुरु हुन्छन् र युनियन स्क्वायरसम्म जान्छन्।
वाशिंगटन स्ट्रिटको हकिन्स स्ट्रीट र फेरी पार्कमा सडक पार गर्ने स्थलहरू बनाइनेछन् ताकि सडक पार गर्ने मानिसहरूलाई सुरक्षित बनाउनको लागि तथा वाशिंगटन स्ट्रिटसँग जोडिने छेउका सडकहरूमा सवारी साधन रोक्नको लागि नयाँ उचाईका सडक पार गर्ने स्थलहरू निर्माण गरिने छन्। डेन स्ट्रिट, क्याल्भिन स्ट्रिट, र वाशिंगटन स्ट्रिट जोडिएको चौबाटोहरुको प्रत्येक कुनामा सडक पार गर्ने स्थल हुनेछन्। कुल चार बाटो काट्ने स्थलहरू साथै प्रत्येक बाटो काट्ने स्थलको लागि पैदल यात्रीका लागी संकेतहरू हुनेछन्।
किङ्म्यान रोड नजिकै पूर्ण पहुँच योग्य पार्किङ स्थल स्थापना गरिनेछन् र एडमन्ड पेटस ब्रिजको पार्किङलाई सडकको दक्षिण तर्फ सारिने छ र अर्गेनजियानो स्कूलमा पिकअप र ड्रप अफ जोनका लागि ठाउँहरू थपिनेछन्। डेन स्ट्रिटको चौबाटोमा नयाँ सुन्दर प्राकृतिक क्षेत्र थपिनेछन् र सडकको छेउमा नयाँ रूखहरू रोपिनेछन्।
वडा नं.२ मा अन्य आवागमन सुरक्षामा सुधारहरू
जब सिटिले सडकको पुनर्निर्माण गरिरहेको हुन्छ, हामीसँग वरपरका क्षेत्रमा विशेष गरी असुरक्षित चौबाटोहरूको सुरक्षामा सुधार गर्ने र नजिकैको यातायातको गतीलाई शान्त रुपमा सुचारु गर्न गती घटाउने उच्च स्थलहरू प्रयोग गर्ने जस्ता थप सुरक्षा सुधारहरू गर्ने अवसर हुनेछ। यस परियोजनामा सिटिले सबै सडक प्रयोगकर्ताहरूका लागि सुरक्षित बनाउनको लागि वडा नं.२ का निम्न चौबाटोहरूमा आवागमन सुधार गर्ने लक्ष्य राखेको छ।
- समरभिल एभिन्यु तथा सेन्ट्रल स्ट्रिट - बस बिसौनीहरू विस्तार गर्ने तथा बाटोकाट्ने स्थलको दुरी कम पार्ने।
- वाशिंगटन स्ट्रीट तथा वाशिंगटन टेरेस – नयाँ बाटोकाट्ने स्थल तथा विस्तारित बस स्टपहरू थप्ने।
- ओएक स्ट्रिट तथा हग्टन स्ट्रिट - पहुँचयोग्य कर्ब र्याम्प र बाटो काट्ने स्थलहरू स्थापना गर्ने।
सिटिको लक्ष्य सडकहरूमा स्पीड हम्पहरू स्थापना गर्ने हो जसले निर्धारण गरिएको गति, समानुपातिक रूपमा उच्च संख्यामा दुर्घटनाहरू, र समग्रमा थप सामान्य यातायात व्यावस्था गर्न सहयोग गर्दछ। यस परियोजनामा हामीले विशेषगरी विद्यालयका धेरै बालबालिका यात्रा गर्ने सडकहरूलाई प्राथमिकता दिएका छौं। स्पीड हम्पहरू अलकत्रा र गिटीबाट बनेका हुन्छन् र यसले प्रायः सवारीको गतिलाई १० देखि १५ माईल सम्म घटाउँछ। सिटिले यी कार्यहरूका लागि पेरी स्ट्रीट, क्याल्भिन स्ट्रिट, र डेन स्ट्रिट चयन गरेको छ।
पश्चिमी वाशिंगटन स्ट्रिटको आवागमन सुधार परियोजना बारे थप जानकारीको लागि सेप्टेम्बर २८ बैठकको रेकर्डिङ र प्रस्तुतीकरण स्लाइडहरू हेर्नुहोस्।
हामी अब तपाँईको धारणा सुन्न चाहन्छौं! कृपया हामीलाई प्रस्तावित योजनाहरूका बारेमा तपाँईंको प्रतिक्रिया दिनुहोस्। हामीले के सही निर्णय गर्यौं? हामीले के छुटायौं?