Skip to content
project banner
CLOSED: This survey has concluded.

[Nepali] ब्रोडवे म्यागौन क्षेत्रको यातायात सुरक्षा र सडक पुनर्निमाणका प्राथमिकताहरूको सर्वेक्षण

तपाईंले विन्चेस्टर स्ट्रिट (Winchester Street) र सेन्ट्रल स्ट्रिटबिचको (Central Street) ब्रोडवेको विषयमा प्रतिक्रिया दिनुभएकोमा धन्यवाद। सहरले यो खण्डलाई अझ सुरक्षित, सजिलै पहुँचयोग्य, टिकाउ र सहज बनाउनका लागि ब्रोडवेका नयाँ डिजाइनहरू अन्वेषण गरिरहेको छ। तपाईंले अहिले सडक कसरी प्रयोग गर्नुहुन्छ, तपाईंलाई यातायात सुरक्षासम्बन्धी कस्ता चिन्ताहरू छन् र भविष्यमा यो ब्रोडवे खण्डका लागि तपाईंले के-के कुरालाई प्राथमिकताहरू दिनुहुन्छ भन्ने बारेमा हामी तपाईंको राय सुन्न चाहन्छौँ।  

कृपया यो 5 – 10 मिनेटको सर्वेक्षण लिनुहोस् र ब्रोडवे म्यागौनको पुनर्निमाणको विषयमा आफ्नो राय दिनुका साथै हामीले कसलाई सम्पर्क गरिरहेका छौँ भन्ने बुझ्न मद्दत हुनेगरी आफ्नो बारेमा थोरै जानकारी पनि साझा गर्नुहोस्। 

तपाईं यो परियोजनाका बारेमा थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने कृपया निम्न सामग्रीहरू जाँच गर्नुहोस्: 

  • पहिलो समुदायिक बैठकको रेकर्डिङ। 
  • पहिलो समुदाय बैठकको प्रस्तुतिकरण शैलीहरू। 

तपाईं फोनबाट यो सर्वेक्षण लिन चाहनुहुन्छ भने कृपया आफ्नो अनुरोध दर्ता गर्न हामीलाई 311 (617-666-3311) मा सम्पर्क गर्नुहोस् र गतिशीलता विभागका सदस्यले तपाईंलाई फोन गर्ने छन्। तपाईंसँग कुनै प्रश्नहरू छन् वा लिखित टिप्पणीहरू प्रदान गर्न चाहनुहुन्छ भने तपाईं transportation@somervillema.gov मा इमेल पनि गर्न सक्नुहुन्छ।