ब्रोडवे म्यागुन परिमार्जित डिजाइनसम्बन्धी प्रतिक्रिया सर्वेक्षण
सिटिले Winchester Street र Central Street को बिचमा पर्ने Broadway खण्डलाई अझ सुरक्षित, थप पहुँचयोग्य बनाउन र थप दिगो विकल्पहरू प्रदान गर्न पुनर्निर्माण गर्ने योजना बनाइरहेको छ। हामीले मे २०२६ मा अवधारणा डिजाइनहरू प्रकाशित गरेका थियौँ। यस ग्रीष्मयाममा समुदायबाट प्राप्त प्रतिक्रियाका आधारमा हामीले एउटा अद्यावधिक डिजाइन तयार पारेका छौँ। योजनाहरूलाई अन्तिम रूप दिन र २०२७ देखि २०२९ को बिचमा निर्माण कार्यको तयारी गर्न मद्दत पुगोस् भन्नाका लागि हामी यस अद्यावधिक डिजाइनमा तपाईंको प्रतिक्रिया चाहन्छौँ।
यस डिजाइनमा अझै पनि निम्न कुराहरू समावेश छन्:
सबै प्रयोगकर्ताहरूको पहुँच र आवागमनमा सुधार ल्याउन नयाँ पैदल मार्गहरू तथा पुनः कालोपत्रे गरिएको सडक।
सबै उमेर र क्षमताका मानिसहरूका लागि सुरक्षित साइकल यात्राका विकल्पहरू प्रदान गर्न दुवै दिशामा सडक सतहका र उचालिएका सुरक्षित साइकल लेनहरू।
बस यात्रुहरूका लागि छुट्टै प्रतीक्षा स्थल प्रदान गर्न, पहुँच सुधार गर्न र साइकल चालकहरूसँगको सुरक्षा जोखिम कम गर्न फ्लोटिङ बस बिसौनीहरू।
सवारीको तीव्र गतिलाई निरुत्साहित गर्न र बाटो काट्ने पैदल यात्रुहरू स्पष्ट रूपमा देखिने बनाउन Broadway का केही स्थानहरू र केही सहायक सडकहरूमा उचालिएका बाटो काट्ने ठाउँहरू।
बाटो काट्ने पैदल यात्रुहरूलाई मोटर सवारी साधनहरूको जोखिमबाट जोगाउन बाटो काट्ने छोटो दूरी।
अवधारणा डिजाइनबाट अद्यावधिक डिजाइनमा गरिएका परिवर्तनहरूमा निम्न कुराहरू समावेश छन्:
सुरक्षा अभिवृद्धि गर्न र भीडभाड कम गर्न Magoun Square चोक (Broadway र Medford Street) मा गोलचक्कर।
बस सेवाको ढिलाइ कम गर्न बस बिसौनीका अद्यावधिक स्थानहरू।
थप रूखहरूका लागि ठाउँ।
नयाँ बाटो काट्ने ठाउँहरूका स्थान।
यो सर्वेक्षण पूरा गर्न लगभग ५-७ मिनेट लाग्छ। प्रस्तावबारे जानकारी लिनका लागि कृपया सर्वेक्षण भर्नुअघि डिजाइन ब्रोसर, रोल प्लान, ओपन हाउस पोस्टर वा रेकर्ड गरिएको प्रस्तुति जस्ता अद्यावधिक गरिएका डिजाइन सामग्रीहरू हेर्नुहोस्:
तपाईं फोनबाट यो सर्वेक्षण लिन चाहनुहुन्छ भने कृपया आफ्नो अनुरोध दर्ता गर्न हामीलाई ३११ (६१७-६६६-३३११) मा सम्पर्क गर्नुहोस् र गतिशीलता विभागका सदस्यले तपाईंलाई फोन गर्ने छन्। तपाईंसँग कुनै प्रश्नहरू छन् वा लिखित टिप्पणीहरू प्रदान गर्न चाहनुहुन्छ भने तपाईं transportation@somervillema.gov मा इमेल पनि गर्न सक्नुहुन्छ। यो सर्वेक्षण डिसेम्बर ४ तारिख दिउँसो १२:०० बजे बन्द हुनेछ।
