Skip to content
project banner
CLOSED: This survey has concluded.

Broadway Magoun अवधारणा डिजाइनसम्बन्धी प्रतिक्रिया सर्वेक्षण

Broadway Magoun पुनर्निर्माण परियोजनाका लागि तयार गरिएका अवधारणा डिजाइनका विकल्पहरूका सम्बन्धमा आफ्नो विचार साझा गर्न समय निकाल्नुभएकोमा धन्यवाद। सिटी प्रशासनले Winchester Street र Central Street को बिचमा पर्ने Broadway खण्डलाई पुनःडिजाइन गर्ने योजना बनाइरहेको छ। डिजाइनको दिशा निर्धारण गर्ने कार्यमा तपाईंको प्रतिक्रिया महत्त्वपूर्ण हुन्छ। हाम्रो अवधारणा डिजाइनमा निम्न कुराहरू समावेश छन्: 

  • दुवैतर्फ सुरक्षित साइकल लेनहरू 

  • ढिलाइ कम गर्न केही स्थानहरूलाई मिलाएर बनाइएको फ्लोटिङ बस बिसौनीहरू 

  • उचालिएका बाटो काट्ने ठाउँ 

  • बाटो काट्ने छोटो दूरी 

  • थपिएका रूखसाइकल पार्किङफोहोरदानी र बस्ने बेन्चहरू 

यो सर्वेक्षण भर्न करिब 5 देखि 15 मिनेट लाग्छ। थप जानकारीका लागि कृपया अवधारणा डिजाइनसम्बन्धी सामग्रीहरू अवलोकन गर्नुहोस्: 

  • अवधारणा डिजाइनको रोल योजना 

  • अवधारणा डिजाइनका विकल्पहरूको पुस्तिका ( English, Español, Português繁體中文简体中文Kreyòl Ayisyenनेपाली भाषामा उपलब्ध छ। 

  • मे 6 को ओपन हाउस कार्यक्रमका पोस्टरहरू (अङ्ग्रेजीमा उपलब्ध) 

  • परियोजना टोलीद्वारा प्रस्तुत गरिएको प्रस्तुतिको रेकर्ड (अङ्ग्रेजीमा उपलब्ध) 

तपाईं फोनबाट यो सर्वेक्षण लिन चाहनुहुन्छ भने कृपया आफ्नो अनुरोध दर्ता गर्न हामीलाई 311 (617-666-3311) मा सम्पर्क गर्नुहोस् र गतिशीलता विभागका सदस्यले तपाईंलाई फोन गर्ने छन्। तपाईंसँग कुनै प्रश्नहरू छन् वा तपाईं लिखित टिप्पणीहरू प्रदान गर्न चाहनुहुन्छ भने तपाईं transportation@somervillema.gov मा इमेल पनि गर्न सक्नुहुन्छ। यदि तपाईं परियोजनाबारे नियमित इमेल अद्यावधिकहरू प्राप्त गर्न चाहनुहुन्छ भने कृपया मासिक मोबिलिटी समाचारपत्र को सदस्यता लिनुहोस्