Skip to content
project banner

Elm-Beacon कनेक्टरको अवधारणा डिजाइन प्रतिक्रिया सर्वेक्षण (Nepali)

Elm-Beacon कनेक्टर द्रुत-निर्माण परियोजनाका लागि अवधारणा डिजाइनमा आफ्नो प्रतिक्रया दिन समय दिनुभएकोमा धन्यवाद। यस सर्वेक्षणमा हामीले निम्न कुरा गर्ने लक्ष्य राखेका छौँ: 

  • अवधारणा डिजाइनमा तपाईंको प्रारम्भिक प्रतिक्रियाका बारेमा थप जान्ने 
  • हामीले गत शरदमा समुदायका सदस्यहरूबाट सुनेका केही सुरक्षासम्बन्धी चिन्ता र प्राथमिकताहरू पूरा गर्‍यौँ कि गरेनौँ भन्ने हेर्ने 
  • तपाईंसँग डिजाइनका बारेमा भएका कुनै पनि टिप्पणी वा प्रश्नहरू सङ्कलन गर्ने 
  • तपाईं परियोजनामा केही सडकहरू कसरी प्रयोग गर्नुहुन्छ भन्नेबारे जान्ने 
  • हामी आफ्ना आउटरिचका प्रयासहरूमा को-कोसम्म पुग्दै छौँ भन्नेबारे अन्तर्दृष्टि सङ्कलन गर्ने 

यो सर्वेक्षणलाई लगभग 5 देखि 15 मिनेट लाग्छ। कृपया प्रस्तावनाका बारेमा थप जान्न तपाईंले पहिले नै हेर्नुभएको छैन भने अवधारणा डिजाइनको रोल योजना हेर्नुहोस्। तपाईं अवधारणा डिजाइनका बारेमा थप विवरणमा जान्नका लागि निम्न सामग्रीहरू हेर्न पनि सक्नुहुन्छ: 

तपाईं यो सर्वेक्षणमा फोनमार्फत भाग लिन चाहनुहुन्छ भने कृपया आफ्नो अनुरोध लग गर्न हामीलाई 311 (617-666-3311) मा सम्पर्क गर्नुहोस् र मोबिलिटी डिभिजनको सदस्यले तपाईंलाई कलब्याक गर्ने छन्।। तपाईंसँग कुनै पनि प्रश्न भएमा वा लिखित टिप्पणीहरू प्रदान गर्न चाहनुहुन्छ भने transportation@somervillema.gov मा इमेल पठाउन पनि सक्नुहुन्छ 

यो सहयोगी भएको खण्डमा हामीले यो सर्वेक्षणमा प्रयोग गरिएका केही पदावलीहरूका लागि तल परिभाषाहरू समावेश गरेका छौँ: 

  • द्रुत-निर्माण परियोजनाहरूमा तपाईंले पूर्ण सडक पुनर्निर्माणमा देख्न सक्ने जस्तो ठूलो निर्माण समावेश हुँदैन। हामीसँग फुटपाथ पुनर्निर्माण गर्नेसाइडवाक कर्ब लाइन सार्ने वा सडक पुनः ग्राभेल वा पिच गर्ने अवसर हुँदैन। द्रुत-निर्माण परियोजनाहरूका लागि हामी नयाँ सडकको ढाँचा सिर्जना गर्न सडक पिचमा राखिने चिन्हसङ्केतट्राफिक सिग्नल परिवर्तन र लचिलो प्लास्टिकका पोस्टहरू जस्ता उपकरणहरू प्रयोग गर्छौँ। तपाईं Powder House Circle र Grand Union Boulevard मा द्रुत-निर्माणमा परिवर्तनहरूका उदाहरणहरू हेर्न सक्नुहुन्छ 
  • स्लिप लेन भनेका कारहरूलाई चौबाटोमा रातो बत्तीमा पूर्ण रूपमा नरोकिई दायाँतर्फ मोड्न दिने अलग मोड लेनहरू हुन्। Somerville मा हामीले हाम्रो चौाबाटोमा केही राखेका छौँजस्तै McGrath Highway को Broadway वेस्टबाउन्डमा र Elm Street को Somerville Avenue वेस्टबाउन्डमा 
  • स्पिड हम्प्स भनेका तीव्र गतिलाई हतोत्साहित गर्न सानो चौडाइ भएका सडकहरूमा रणनीतिक रूपमा राखिने एस्फाल्ट (पिच गर्ने सामग्रीले बनाइएका उठेका भाग हुन्। स्पिड हम्पमा तीव्र गतिले चलाउने सम्भावना कम गर्न तिनीहरूलाई प्रायः 200 देखि 350 फिटको बिचमा राखिन्छ वा बाटो काट्ने ठाउँ वा चौबाटोमा पुग्न लाग्दा त्यहाँ मानिसहरूले बाटो काटिरहेको हुन सक्ने ठाउँको नजिक सवारी साधनहरूको गति कम गर्न उक्त ठाउँमा पुग्न लाग्दा राखिन्छ। Somerville का स्पिड हम्पहरूमा सेतो सेभ्रोन र पहेँलो धर्काहरू हुन्छन् र सवारी चलाइरहेका मानिसरूलाई चेतावनी दिन अगाडि नै सङ्केत राखिएको हुन्छ