Skip to content
project banner

Elm-Beacon कनेक्टर पूर्व-अवधारणा डिजाइन इनपुट सर्वेक्षण [Nepali]

Elm-Beacon कनेक्टरका लागि हाम्रो सामुदायिक इनपुट सर्वेक्षणमा भाग लिन समय दिनुभएकोमा धन्यवाद । नगरले Elm Street (Russell Street देखि Somerville Ave), Somerville Ave (Porter Square देखि Elm Street), Beacon Street (Somerville Ave देखि Oxford Street सम्म) र Mossland Street मा सुरक्षा बढाउन नयाँ सडक फुटपाथ चिन्ह, सङ्केत र प्लास्टिकका लचिला पोष्टहरू जस्ता सामग्रीहरू प्रयोग गरेर द्रुत गतिमा निर्माण हुने संरक्षित बाइक लेन र अन्य सुधारहरू गर्ने योजना बनाएको छ ।  

हामी तपाईंको राय लिन चाहन्छौँ ! कृपया 5-7 मिनेट समय दिएर सर्वेक्षण पूरा गरी यस क्षेत्रमा तपाईंको सुरक्षा सम्बन्धी सरोकार र प्राथमिकताहरू बारे थप जानकारी पाउनमा हामीलाई मद्दत गरिदिनुहोस् ।  

परियोजनाको बारेमा थप विवरणका लागि:

यदि तपाईं फोन मार्फत सर्वेक्षण पूरा गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई 311 (617-666-3311) मा फोन गर्न सक्नुहुन्छ वा हाम्रो टोलीलाई transportation@somervillema.gov मा आफ्नो पृष्ठपोषण ईमेल गर्न पनि सक्नुहुन्छ । यदि तपाईं परियोजनाको बारेमा नियमित इमेल अपडेटहरू प्राप्त गर्न चाहनुहुन्छ भनेकृपया मासिक गतिशीलता न्युजलेटर का लागि नाम दर्ता गर्नुहोस् ।