Skip to content
project banner
CLOSED: This survey has concluded.

Western Pearl Street अवधारणा डिजाइन प्रतिक्रिया सर्वेक्षण परिचय (Nepali)

Western Pearl Street पुनर्निर्माण परियोजनाका लागि अवधारणा डिजाइन विकल्पहरूमा आफ्नो प्रतिक्रिया व्यक्त गर्न समय निकाल्नुभएकोमा धन्यवाद । यस सर्वेक्षणमा, हाम्रा लक्ष्यहरू निम्नानुसार छन्: 

  • विशेष डिजाइन तत्वहरूको बारेमा तपाईंको प्रतिक्रिया सुनाउनुहोस् । अवधारणा डिजाइनहरूमा भविष्यमा अन्तिम डिजाइनमा मिश्रण गर्न र मिलाउन सकिने विभिन्न विकल्पहरू प्रदान गरिन्छ ।  
  • तपाईंले केही विकल्पहरू किन मन पराउनुहुन्छ वा मन पराउनुहुन्न भन्ने कारणहरूको बारेमा सुनाउनुहोस् । 
  • गत फलमा हामीलाई व्यक्त गरिएका केही सुरक्षासम्बन्धी सरोकार र प्राथमिकताहरू पूरा गरेका छौँ कि छैनौँ, हेर्नुहोस् । 
  • डिजाइनको बारेमा तपाईंसँग भएका कुनै पनि टिप्पणी वा प्रश्नहरू सङ्कलन गर्नुहोस् । 
  • हाम्रा आउटरिच प्रयासहरूमा हामी कोसम्म पुगिरहेका छौँ भन्ने बारे अन्तर्दृष्टि सङ्कलन गर्नुहोस् । 

यो सर्वेक्षण पूरा गर्न लगभग 5 देखि 15 मिनेट लाग्ने छ । यदि तपाईंले पहिले नै त्यसो गर्नुभएको छैन भने, प्रस्तावको बारेमा थप जानकारीको लागि कृपया अवधारणा डिजाइन रोल योजनाहरू हेर्नुहोस् । अवधारणा डिजाइन विकल्प विवरण तल प्रस्तुत गरिएको छ । थप विवरणमा अवधारणा डिजाइनहरूको बारेमा जानकारी पाउनको लागि तपाईंले निम्न सामग्रीहरू पनि हेर्न सक्नुहुन्छ: 

  • मे 7 को ओपन हाउस जानकारीमूलक पोस्टरहरूमा दुई मुख्य अवधारणा डिजाइन विकल्पहरू, हामीले सङ्कलन गरेको डेटा र हामीलाई बताइएको समुदायको प्रतिक्रिया वर्णन गरिएको छ । 
  • परियोजना टोलीबाट रेकर्ड गरिएको प्रस्तुति । 
  • अवधारणा डिजाइन विकल्पहरूको ब्रोसर । 

यदि तपाईं फोनबाट यो सर्वेक्षण पूरा गर्न चाहनुहुन्छ भने, कृपया आफ्नो अनुरोध दर्ता गर्न हामीलाई 311 (617-666-3311) मा सम्पर्क गर्नुहोस् र गतिशीलता डिभिजनका सदस्यले तपाईंलाई फोन गर्ने छन् । यदि तपाईंसँग कुनै प्रश्नहरू छन् वा लिखित टिप्पणीहरू प्रदान गर्न चाहनुहुन्छ भने, तपाईंले transportation@somervillema.gov मा इमेल पनि गर्न सक्नुहुन्छ। 

अवधारणा डिजाइनका विकल्पहरू

अवधारणा डिजाइनका विकल्पहरू 1: 

  • मुख्य चौबाटोहरू: Pearl Street को दक्षिणमा रहेको Medford St को ब्लकलाई जोडिएको Medford St र Pearl Street सँग समकोणमा काट्न बङ्ग्याइएको छ । यस स्थानमा Medford Street मा एउटा नयाँ स्टप (रोक्न) सङ्केत र नयाँ उठाइएको क्रसिङ छ ।  Walnut Street को चौबाटोमा नयाँ कर्ब एक्सटेन्सनहरू छन् र दुबै बस स्टपहरू Walnut Street को अर्कोपट्टि सारिएको छ ।  
  • अन्य क्रसवाक र चौबाटोहरू : Marshall Street मा, Marshall Street को पश्चिमतिर जडान गरिएको नयाँ क्रसवाकसँग एउटा उठाइएको चौबाटो छ । Walnut Street  बाहेक Pearl Street सँग जोडिएका दायाँ-बायाँ सडकहरूमा उठाइएका क्रसवाकहरू छन् । Pearl Street भरि Bradley Street र Wigglesworth Street मा उठाइएका क्रसवाकहरू छन् ।  
  • पार्किङ : Pearl Street को उत्तर तर्फ पार्किङ विकल्पहरू छन् ।  
  • साइकलका लागि सुविधाहरू : Gilman Neighborway मा जोड्न Medford Street र Skilton Avenue को बिचमा दक्षिणतर्फ दुई-तर्फी सुरक्षित बाइक लेन कनेक्सन छ ।  Skilton Avenue  र McGrath Highway को बिचमा, पूर्वतिर जाने बाटोमा दक्षिणतर्फ एउटा सुरक्षित बाइक लेन छ ।  
  • बस बिसौनीहरू: Pearl Street पार्कसँगै रहेको बस बिसौनीलाई Skilton Avenue को अर्को छेउमा सारिएको छ र बस यात्रुहरूका लागि समर्पित प्रतीक्षा गर्ने स्थान, बस र साइकल बिचको द्वन्द्व कम गर्न सुरक्षित बाइक लेन र बस यात्रा गरिरहेको लेनबाट भित्र र बाहिर गर्न नपरोस् भनेर लेनभित्र नै बिसौनी प्रदान गर्न यस स्थानमा फुटपाथ विस्तार गरिएको छ । Walnut Street  नजिकै रहेका प्रत्येक बस बिसौनीलाई चौबाटोको अर्को छेउमा सारिएको छ ।   

अवधारणा डिजाइनका विकल्पहरू 2: 

  • मुख्य चौबाटोहरू: Medford Street सँग काट्ने Pearl Street को खण्डलाई Medford Street सँग समकोणमा काट्न बङ्ग्याइएको छ र Medford Street र Pearl Street भरि नयाँ उठाइएका क्रसिङहरू थपिएको छ ।  
  • अन्य क्रसवाक र चौबाटोहरू: Walnut Street  बाहेक Pearl Street सँग काट्ने सबै साइड सडक क्रसिङहरूमा उठाइएका क्रसवाकहरू थपिएका छन् ।  Pearl Street भरि Marshall Street, Bradley Street र Wigglesworth Street मा उठाइएका क्रसवाकहरू छन् ।  
  • पार्किङ : Pearl Street को दक्षिणतर्फ पार्किङ विकल्पहरू छन् ।   
  • साइकलका लागि सुविधाहरू : Medford Street बाट McGrath Highway तर्फ पश्चिमतर्फ जाने उत्तरतर्फ एकतर्फी सुरक्षित बाइक लेन छ । Jasper Street  र McGrath Highway को बिचमा, पूर्वतिर जाने बाटोमा दक्षिणतर्फ एउटा सुरक्षित बाइक लेन छ ।  
  • बस बिसौनीहरू: Pearl Street पार्कको बस बिसौनीमा बस यात्रुहरूका लागि समर्पित प्रतीक्षा स्थल प्रदान गर्न र बसले यात्रा गरिरहेको लेनबाट भित्र र बाहिर गर्नु नपरोस् भनेर लेनभित्रै बिसौनीकोव्यवस्था गर्न विस्तारित फुटपाथ बनाइएको छ । Walnut Street को उत्तर तर्फ एउटा नयाँ फ्लोटिङ बस बिसौनी छ ।