[Nepali] Western Pearl Street यातायात सुरक्षा सरोकार तथा आवश्यकता सर्वेक्षण
McGrath Highway र Medford Street को बिचमा रहेको Western Pearl Street को बारेमा प्रतिक्रिया दिन समय निकाल्नुभएकोमा धन्यवाद । महानगरले आगामी दुई वर्षभित्र फुटपाथ पुनर्निर्माण र मार्ग मर्मत गर्ने योजना बनाएको छ । यस प्रयासको एक अङ्गको रूपमा, हामी हिँड्दा, रोलर स्केटिङ गर्दा, साइकल चलाउँदा, बस चढ्दा र ड्राइभिङ गर्दा मानिसहरूलाई सुरक्षित बनाउने एउटा नयाँ डिजाइन अन्वेषण गर्ने लक्ष्य राखेका छौँ । हामी मार्गमा तपाईंको अनुभव, तपाईंका यातायात सुरक्षा सम्बन्धी सरोकारहरूको बारेमा सुन्न चाहन्छौँ र Western Pearl Street सुधार गर्ने तरिकाहरूका सम्बन्धमा प्रतिक्रिया सङ्कलन गर्न चाहन्छौँ ।
कृपया यो 5 देखि 7 मिनेटको सर्वेक्षणमा Western Pearl Street को भविष्यको रिडिजाइनका सम्बन्धमा आफ्नो राय-सुझाव प्रदान गर्नुहोस् र हामीलाई आफ्नो बारेमा केही कुराहरू बताउनुहोस् । परियोजनाको बारेमा थप विवरणका लागि:
- परियोजनाको वेबसाइटमा विस्तृत विवरण हेर्नुहोस्
- सामुदायिक बैठकका प्रस्तुतीकरण स्लाइडहरू अध्ययन गर्नुहोस् (अङ्ग्रेजी भाषामा उपलब्ध)
- 2024 को अक्टोबर 9 तारिखमा भएको भर्चुअल सामुदायिक बैठकको रेकर्डिङ हेर्नुहोस् (अङ्ग्रेजी भाषामा उपलब्ध)
अब हामी तपाईंको राय लिन चाहन्छौँ ! प्रस्तावित डिजाइनमा आफ्नो पृष्ठपोषण प्रदान गर्न यो सर्वेक्षण पूरा गर्नुहोस् । यदि तपाईं फोन मार्फत सर्वेक्षण पूरा गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई 311 (617-666-3311) मा फोन गर्न सक्नुहुन्छ वा हाम्रो टोलीलाई transportation@somervillema.gov मा आफ्नो पृष्ठपोषण ईमेल गर्न पनि सक्नुहुन्छ । यदि तपाईं परियोजनाको बारेमा नियमित इमेल अपडेटहरू प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मासिक गतशीलता न्युजलेटर का लागि नाम दर्ता गर्नुहोस् ।